काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले विदेशबाट आउँदा सबैले अनिवार्य रुपमा होटलमा क्वारेन्टाइनमा बस्नु नपर्ने जनाएका छन्।
विदेशबाट आउँदा सबैले होटलमा बस्नुपर्ने अनिवार्य शर्त लागू भएपछि सरकारको आलोचना भइरहेको छ।
चौतर्फी आलोचना भएपछि मन्त्रालय केही लचिलो बनेको हो।
पर्यटनमन्त्री भट्टराईले सोमबार विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेले होटल क्वारेन्टिनमा बस्नु नपर्ने र सिधै घर जान पाउने स्पष्ट पारे।
सरकारले भदौ १६ बाट अन्तराष्ट्रिय उडान पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ।
विदेशबाट आउँदा एयरपोर्टमा रिपोर्ट नेगेटिभ देखाएर घर जान पाइने पर्यटनमन्त्रीको भनाई छ।
घर गएर १४ दिन आफ्नो घरमा होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धता सहित घर जान पाइने उनले स्पष्ट पारेका छन्।
पीसीआर परीक्षण गरेका यात्रुहरुले सरकारले वेवसाइटमा राखेको फर्म भनुपर्ने र नेपालको ठेगाना स्पष्ट लेख्नुपर्ने उनले बताए।
नेपाल आइसकेपछि एयरपोर्टमा रिपोर्ट देखाएर घर जान सकिने र होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धता चाहिने मन्त्री भट्टराईले बताए।
‘पीसीआर गरेका यात्रुहरुले सरकारले वेवसाइटमा राखेको फर्म भर्नुपर्छ। नेपालको ठेगाना स्पष्ट लेख्नुपर्छ र नेपाल आइसकेपछि एयरपोर्टबाट रिपोर्ट नेगेटिभ देखाउनुभयो भने १४ दिन आफ्नो घरमा होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित घर जान दिइन्छ’ उनले भने।
sf7df8f}F, !* ;fpg M kz’klt If]q ljsf; sf]ifsf] k|:tfljt u’? of]hgfaf/] cfOtaf/ l;+xb/af/df :yfgLo ;/f]sf/jfnf;Fusf] 5nkmndf ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL of]u]zs’df/ e§/fO{, g]kfnL sfFu|];sf ;f+;b uugs’df/ yfkf, ko{6g dGqfnosf ;lrj s]bf/axfb’/ clwsf/Lnufot . t:jL/ ;f}hGoM ko{6g dGqfno
विदेशमा अलपत्र परेका तथा स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकहरुलाई भने सरकारी खर्चमा उद्धार गरिने उनले बताएका छन्।
‘विदेशमा अलपत्र परेका, फर्कने कुनै आधार नभएका व्यक्तिहरुलाई श्रम कल्याणकारी कोषबाट सरकारले टिकट पनि काट्छ । यहाँ आएर होटल क्वारेन्टिनको विषय पनि सरकारले व्यहोर्छ र पीसीआर खर्च पनि सरकारले व्यहोर्छ’ उनले भने, ‘कुनै कम्पनीले आफ्नो कम्पनीबाट मान्छे पठाउँछ भने उहाँहरुले टिकट पनि काट्नुपर्छ । कम्पनीले नै क्वारेन्टिन बस्दा लाग्ने खर्च व्यहोर्नुपर्छ।’
सेप्टेम्बर १ बाट उडान खोल्ने भनिएपनि कुन कुन देशहरु भन्ने अझै फाइनल नभइसकेको भन्दै मंगलबारसम्ममा सूची सार्वजनिक हुने उनले बताए।