उपत्यकाको निषेधाज्ञा १५ गतेसम्म लम्ब्याउन सुझाव

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ६ : ४५


काठमाडौं । उपत्यकाका नगरपालिका मेयरहरुको संगठन ‘उपत्यका नगरपालिका मेयर फोरम’ले काठमाडौं उपत्यकाको निषेधाज्ञा लम्ब्याउन सुझाव दिएको छ।

सोमबार बसेको बैठकले संक्रमणको अवस्था बढिरहेकाले निषेधाज्ञाको स्थितिलाई भदौ १५ गते सम्म कायम गर्न उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णय गरेको छ।

यसअघि उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले भदौ १० सम्मका लागि निषेधाज्ञा जारी गरिसकेका छन्।

मन्त्रिपरिषद् बैठकले हरेक जिल्लामा निषेधाज्ञा वा लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ।

जिल्लाका सिडियोले आवश्यकतालाई ध्यानमा राखेर आवश्यक निर्णय लिनसक्छन्।

 

 


प्रतिक्रिया दिनुहोस्