उपत्यकामा स्थानीय तहका सेवा १५ गतेसम्म बन्द

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ६ : १७


काठमाडौं । उपत्यकामा स्थानीय तहका अत्यावश्यक बाहेकका सबै सेवा १५ गतेसम्म बन्द भएका छन्।

कोरोनाको महामारी बढ्दै गएपछि भदौ १५ सम्म सेवा बन्द गर्ने निर्णय भएको छ।

काठमाडौं उपत्यकाका नगरपालिकाहरूका मेयरहरूको संगठन ‘नगरपालिका मेयर फोरम’को स्थानीय तहका अत्यावश्यक बाहेकका सेवा १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो।

पछिल्लो समय उपत्यकामा दिनदिनै संक्मित बढिरहेका छन्। नगरपालिका फोरमले उपत्यकामा २० हजारमा पिसिआर परीक्षण गर्ने तयारी गरेको छ।

 


प्रतिक्रिया दिनुहोस्