आज कुन जिल्लामा कति जना थपिए कोरोना संक्रमित ? (नामसहित)

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ५ : २८


काठमाडौं। नेपालमा थप ७ सय ४३ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १० हजार २५ जनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

थप ७ सय ४३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कूल संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ५७ जना संक्रमण मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । गौतमका अनुसार हालसम्म कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएकाको संख्या १८ हजार ८ सय ६ पुगेको छ ।

हाल देशभर गरी १३ हजार ७ सय १५ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । यस्तै, ११ हजार २ सय ७५ जना क्वारेन्टाइनमा रहेका प्रवक्ता गौतमले जानकारी दिए ।

नेपालमा हालसम्म ६ लाख १० हजार ४ सय ६९ जनाको आरटी पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ ।

कहाँ कति थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १७७, ललितपुरमा ३३, भक्तपुरमा १४, इलाममा १, उदयपुरमा १, ओखलढुङगामा ३, खोटाङमा ४, झापामा ५, धनकुटामा २, मोरङका ३१, संखुवासभामा २ रहेका छन्।

यस्तै सुनसरीमा २३ जना धनुषमा ५ जना पर्सामा ३४ जना, बारामा ९४ जना, रौतहटमा ५ जना, सप्तरीमा १५जना, सर्लाहीमा ८जना, सिरहामा १०जना, काभ्रेमा ५जना, चितवनमा ३२जना, दोलखामा १ जना, धादिङमा २ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै मकवानपुरमा १८ जना, रामेछापमा २ जना, सिन्धुपाल्चोकमा ५ जना, कास्कीमा २ जना, गोर्खामा १ जना, तनहुँमा ३ जना, नवलपरासीमा १० जना, म्याग्दीमा १ जना, बागलुङमा २जना, स्याङजामा १ जना, अर्घाखाँचीमा १जना, कपिलवस्तुमा ९ जना, गुल्मीमा ४, पाल्पामा २ जनामा संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै गरी वर्दियामा १, बाँकेमा ८, रुपन्देहीमा ६, रोल्पामा २, कालिकोटमा ३, जाजरकोटमा १९, रुकुममा १८, सुर्खेतमा ११, कञ्चनपुरका १९, कैलालीमा ७९, डढेलधुरामा ४, दार्चुलामा १, बाजुरामा १ तथा बैतडीमा ३ जना संक्रमित थपिएका हुन्।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्