कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पुनः बढ्यो, कुन जिल्लामा कति थपिए ?

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ४ : ४२


काठमाडौं ।  कोरोना भाइरसको संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ जना महिला र ५ जना पुरुष गरी ८ जनाको कोरोना संक्रमणबााट मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुपेन्देही जिल्लाका सबैभन्दा बढी ४ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लोा २४ घण्टामा कोरोना संक्रमणबाट रुपेन्देहीमा १ महिला र ३ जना पुरुष गरी ४ जनाको मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट रुपेन्देहीमा १ जना ६८ वर्षीया महिला तथा पुरुषहरु ५४, ५३ र ३८ वर्षीयको मृत्यु भएको गौतमले जानकारी दिए ।

कोरोना संक्रमणबाट सुनसरीमा १ जना ६८ वर्षीय पुरुष, मोरङमा १ जना ६५ वर्षीय पुरुष, पर्सामा १ जना ७० वर्षीया महिला र काठमाडौंमा १ जना ४८ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।

नेपालमा हालसम्म ३२ हजार ६ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा १८ हजार ८ सय ६ जना संक्रमण मुक्त भएर डिस्चार्ज भइसकेका छन् ।

अझै पनि देशभर १३ हजार ७ सय १५ जना सक्रिय संक्रमित छन् भने ११ हजार २ सय ७५ जना संक्रमणको आशंकामा क्वारेन्टाइनमा छन् ।


प्रतिक्रिया दिनुहोस्