काठमाडौंमा थपिए २ सय २४ कोरोना संक्रमित

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ४ : ३९


काठमाडौं । काठमाडौं उपत्यकाभित्र आज थप २ सय २४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा एक सय ७७ जना, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोना पुष्टि भएको हो।

आइतबार काठमाडौंमा एक सय ६६ जना संक्रमित फेला परेका थिए।

सोमबार देशभर कोरोनाका ७ सय ४३ संक्रमित थपिएका छन्।

 


प्रतिक्रिया दिनुहोस्