पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ४ : २१


काठमाडौं । नेपालमा थप ७ सय ४३ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १० हजार २५ जनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

थप ७ सय ४३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कूल संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ५७ जना संक्रमण मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । गौतमका अनुसार हालसम्म कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएकाको संख्या १८ हजार ८ सय ६ पुगेको छ ।

हाल देशभर गरी १३ हजार ७ सय १५ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । यस्तै, ११ हजार २ सय ७५ जना क्वारेन्टाइनमा रहेका प्रवक्ता गौतमले जानकारी दिए ।

नेपालमा हालसम्म ६ लाख १० हजार ४ सय ६९ जनाको आरटी पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्