यी हुन विश्वका १० देश, जहाँ कोरोनाका एक जना पनि संक्रमित छैनन्

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ३ : ३४


गत बर्ष चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वका अधिकांश देशलाई क्षति पुर्याएको छ।

कोरोना बाट हालसम्म २ करोड ३५ लाख ८६ हजार ९ सय ३ बढी मानिस संक्रमित बनिसकेका छन् भने ८ लाख १२ हजार बढीको ज्यान गइसकेको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको यो रोग प्राय सबै राष्ट्रमा पुगिसकेको छ। तर यस भाइरस नभेटिएका केही देशहरु पनि छन, जहाँ अहिलेसम्म एक जनामा पनि संक्रमण भेटिएको आधिकारिक पुष्टि भएको छैन।

बीबीसीका अनुसार हालसम्म १० देश छन् जहाँ कुनै पनि व्यक्ति कोरोना संक्रमित छैनन्।

-पलाउ

-मार्सल आइल्यान्ड

-माइक्रोनेसिया

-नाउरु

-सामोआ

-सोलोमन आइल्याण्ड

-टोंगो

-किरिबाती

-भानुआटु

-तुवालु

उत्तर कोरियामा पनि आधिकारिक रुपमा कोरोना नभएको दाबी गर्ने गरिन्छ । तर,त्यहाँ कोरोना लागेको आशंकामा एक व्यक्तिलाई पक्राउ गरिएको खबर सार्वजनिक भएको थियो।

एक व्यक्तिमा कोरोना आशंका गरिएसँगै त्यहाँ लकडाउन नै गरिएको थियो।

यस्तै तुर्किमेनिस्तानमा पनि कोरोना संक्रमणका घटना नभएको बताइन्छ।

 


प्रतिक्रिया दिनुहोस्