कोरोनाको उपचार गर्दै आएका अस्पतालको वर्गीकरण खारेज

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ३ : ०३


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ का संक्रमितको उपचार गर्दै आएका अस्पतालहरुको वर्गीकरण खारेज गरेको छ।

मन्त्रालयले कोभिड-१९ प्रतिकार्य योजना तयार गरी गरेको अस्पतालहरुको वर्गीकरणलाई खारेज गरेको हो।

वर्गीकरण खारेज गर्दै सबै अस्पताललाई कोभिड अस्पताल नामाकरण गरेको हो।

यसअघि सरकारले कोभिड क्लिनिक सहित अस्पताललाई चार तहमा वर्गीकरण गरेको थियो। जसअन्तर्गत १ सय १५ अस्पताललाई कोभिड क्लिनिक, २३ अस्पताललाई लेभल १ कोभिड अस्पताल, १८ अस्पताललाई लेभल २ कोभिड अस्पताल र ७ वटा अस्पताललाई लेभल ३ कोभिड अस्पतालको रुपमा वर्गीकरण गरेको थियो।

आइतावार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रीको उपस्थितिमा बसेको बैठकले कोभिड अस्पतालको तह सम्बन्धी व्यवस्थालाई खारेज गरेको हो।


प्रतिक्रिया दिनुहोस्