९४ हजार नगदसहित काठमाडौंको बल्खुबाट ६ जना जुवाडे पक्राउ

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  १ : ३३


काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न निषेधाज्ञा जारी गरिएको अवस्थामा काठमाडौंमा जुवा खेलिरहेका ६ जना जुवाडे पक्राउ परेका छन् ।

महानगरीय प्रहरी बृत्त कालिमाटीबाबट खटिएको टोलीले काठमाडौंको बल्खुस्थित एक टहरोमा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका-११ घर बल्खु बस्ने ३१ वर्षीय कुमार गुरुङ लगायत ६ जना छन् ।

काठमाडौं महानगरपालिका-१४ बल्खु भुवनेश्वरी मन्दिर नजिकै टहरामा जुवा खेलिरहेको अवस्थामा आइतबार दिउँसो प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो

प्रहरीले पक्राउ परेकाहरुको साथबाट नगद ९४ हजार ४ सय ७० रुपैयाँ र ३ बुक तास समेत बरामद गरेको छ ।


प्रतिक्रिया दिनुहोस्