ओली र प्रचण्डबीच आज हुने भनिएको भेटवार्ता स्थगित

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  १२ : ०१


काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच आज हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।

आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनको व्यवहारिक कार्यान्वयनका सन्दर्भमा छलफल गर्न आज (सोमबार) छलफल हुने तय भएको थियो ।

तर, आजको भेटवार्ता स्थगित भएको छ । अब दुई नेताबीच मंगलबार भेटवार्ता हुने प्रधानमन्त्री समेत रहेका ओलीको सचिवालयका एक सदस्यले जानकारी दिए ।

पार्टी भित्रको आन्तरिक विवादका सन्दर्भमा अध्ययन गरी समाधानका लागि सुझाव दिन भन्दै महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले शनिबार नै दुवै अध्यक्षलाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।

१७ पेज लामो उक्त प्रतिवेदनमा ओलीले सरकार र प्रचण्डले पार्टी चलाउने, यसअघिको केन्द्रीय कमिटी बैठकले निर्धारण गरेअनुसार नै आगामी चैतमा महाधिवेशन गर्ने लगायत सुझाव दिएको थियो ।

सोही सुझावको व्यवहारिक कार्यान्वयका पक्षमा छलफल गर्न र सचिवालय बैठक बोलाउने सन्दर्भमा ओली र प्रचण्डबीच भेटवार्ता तोकिएको थियो ।


प्रतिक्रिया दिनुहोस्