वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी कोरोना भाईरस मुक्त भएका छन् ।
उनी २५औँ दिनमा कोरोनामुक्त भएका हुन् ।
नारायणी अस्पतालको प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा सरावगीको पीसीआर रिपोर्ट नेगेटिभ आएको उनका प्रेस सहयोगी गोविन्द देवकोटाले जानकारी दिए ।
गत साउन १४ मा काठमाडौंमा गरिएको परीक्षणमा सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएपछि उनलाई १२ दिन आईसीयूमा राखेर उपचार गरिएको थियो ।
मेयर सरावगीका सम्पूर्ण परिवारमा पनि कोरोना पुष्टि भएको थियो ।
उनका बुबाको अहिले पनि काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।
परिवारका अन्य सदस्य कोरोनामुक्त भइसकेका छन् ।