आज घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा भइरहेकाे छ काराेबार ?

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  १० : ४६


काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ ।

आइतबार ९८ लाख ४०० रुपैयँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार तोलमा ५०० रुपैयाँले घटेर प्रति तोला ९७ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुन ९७ हजार ४०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदी प्रति तोलामा २० रुपैयाँ घटेर १ हजार ३२० रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको भाउ प्रति तोला १ हजार ३४५ पैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्