चितवनमा थप १२ जनामा कोरोना पुष्टि, ५ वर्षीया बालिका पनि संक्रमित

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ७ : ५६


काठमाडाैं । चितवनमा थप १२ जनामा कोरोना पुष्टि भएकाे छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएकाे हाे ।

काेराेना पुष्टि हुनेमा ५ वर्षीया बालिका समेत रहेकाे भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाले जनाएकाे छ ।

प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीका अनुसार भरतपुर महानगरपालिकाको वडा नम्बर ७, ९, १०, ११ र १२ का ५ जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

संक्रमितहरु ५ देखि ५५ वर्ष उमेर समूहका छन । चितवनमा कोरोना संक्रमित हुनेहरुको संख्या ३ सय ६४ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्