काठमाडौं महानगरका कुन वडामा कति संक्रमित छन्? (सूची)

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ६ : ४४


काठमाडौं । देशभर कोरोना संक्रमणको घटनामा वृद्धि आएको छ। धेरै जनघनत्व रहेको काठमाडौं उपत्यकामा पनि संक्रमणका घटना लगातार बढिरहेका छन्।

उपत्यकामा आज मात्र २६६ जना संक्रमित थपिएका छन्।

उनीहरुमध्ये काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ जना छन्।

अहिले उपत्यकाका ३ वटा जिल्लाको तुलनामा काठमाडौंमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन्।

काठमाडौं महानगरभित्र कोटेश्वर क्षेत्रमा धेरै संक्रमित देखिएका छन्।

काठमाडौँ महानगरपालिका कुन वडामा कति संक्रमित छन्? तलको तालिका हेर्नुहोस्

२० हजारको परीक्षण गर्ने तयारी

समूदायस्तरमै कोभिड-१९ को संक्रमण देखिन थालेपछि उपत्यकामा २० हजार जनामा परीक्षण हुने भएको छ।

उपत्यका नगरपालिका फोरमले सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङ दायरा फराकिलो बनाउने जनाएको छ।

नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाका सबै पालिकामा एकीकृत योजना बनाएर अघि बढ्ने भएका बताएका छन्।

उपत्यकामा १५ देखि २० हजारको कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ गर्ने योजना रहेको उपत्यका फोरमले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्