काठमाडौं उपत्यकामा थपिए १६६ संक्रमित

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ४ : ३६


काठमाडौं । काठमाडौं उपत्यकामा आज १ सय ६६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा काठमाडौं, ललितपुर र भक्तपुरमा गरी १ सय ६६ जना संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लाका मात्रै १ सय २६ जना छन् । यस्तै, भक्तपुर जिल्लाका २८ र ललितपुर जिल्लाका १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

योसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ हजार ९६ पुगेको छ ।

जसमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लाका मात्रै २ हजार ४ सय ५३ छन् । यस्तै, ललितपुरमा ३ सय ९९ र भक्तपुर जिल्लामा २ सय ४४ संक्रमित पुगेको छन् ।


प्रतिक्रिया दिनुहोस्