नेपालमा थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ४ : २३


काठमाडौं । नेपालमा थप ८ सय १८ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ८ हजार ३६ जनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

थप ८ सय १८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कूल संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ८१ जना संक्रमण मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । गौतमका अनुसार हालसम्म कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएकाको संख्या १८ हजार ६ सय ३१ पुगेको छ ।

हाल देशभर गरी १३ हजार १ सय ५५ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । यस्तै, ११ हजार ४ सय १४ जना क्वारेन्टाइनमा रहेका प्रवक्ता गौतमले जानकारी दिए ।

नेपालमा हालसम्म ६ लाख ४ सय ४४ जनाको आरटी पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्