वीरगन्जको कोरोना अस्पतालबाट २ जना कोरोना संक्रमित फरार

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  १ : १५


वीरगन्ज । कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएका २ जना संक्रमित अस्पतालबाटै भागेका छन् ।

वीरगन्जको वीरगन्ज हेल्थ केयर कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका २ जना संक्रमित शनिबार राति भागेका हुन् ।

शनिबार रााति २ बजेति राउण्डमा गएका स्वास्थ्यकर्मीले २ जना संक्रमित नदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अस्पतालको डिलक्स क्याबिनमा बस्दै आएका उनीहरु अस्पतालको पछाडिबाट हाम फालेर भागेका हुन सक्ने प्रहरीको अनुमान छ ।

आइसोलेसनबाट भागेका दुवै जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी मनोजित कुँवरले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्