भारतमा गधाको दुध प्रतिलिटर ११ सय बढी मूल्यमा बेचिने

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  १ : ०३


नयाँ दिल्ली । भारतमा पहिलो पटक गधाको दुध किनबेचका लागि डेरी खुल्ने भएको छ। र गधाको दुधको एक लिटरको मूल्य ७०० भारु अर्थात ११२० नेपाली रुपैंया पर्नेछ।

अधिक पौष्टिक तत्वका कारण भारतमा गधाको दुध सबैभन्दा महंगो मूल्यमा बिक्ने गरेको हो।

गधाको दुधका लागि अहिले बजारमा मानिसहरु २ हजार भारुसम्म दिन तयार हुन्छन्। अब डेरी नै खुल्न लागेको हो।

सामान्यतया गधालाई चढ्न तथा सामान बोकाउन प्रयोग गर्ने गरिन्छ। तर, गधाको दुध निकै उपयोगी रहेको बताइएको छ।

अहिले प्राय जसो डेरीमा गाई वा भैंसीको दुध मात्र पाइन्छ।

भारतीय सञ्चारमाध्यमका अनुसार हरिणायाको हिसारमा चाँडै गधाको दुधको डेरी पनि खुल्ने भएको छ।

उक्त डेरी गधाको दुध किनबेच गर्ने भारतकै पहिलो डेरी हुने छ। गधाको दुध मानिसका लागि निकै लाभदायक छ। यसको दुध पिउनाले रोग प्रतिरोधी क्षमता बलियो बनाउछ। यसको दुधबाट धेरै ब्युटी प्रोडक्टहरु पनि बन्ने छ।

भारतको राष्ट्रिय हर्स रिसर्च सेन्टर (एनआरसीई)ले हिसारमा डेरी सुरु गर्न लागेको हो।

जसका लागि एनआरसीईले १० हलारी जातका गधेनीहरु खरिद गरिसकेको छ। हाल तिनीहरुको प्रजनन भइरहेको बताइएको छ।

हलारी जातको गधेनीको दुधलाई औषधीको रुपमा समेत लिइन्छ।

यसको दुधमा क्यान्सर, मोटोपना, एलर्जी जस्ता रोगहरू विरुद्ध लड्न सक्ने क्षमता छ। उक्त प्रजातिको गधा गुजरातमा पाइन्छ।-एजेन्सी


प्रतिक्रिया दिनुहोस्