अमेरिकी राष्ट्रपति ट्रम्पले पोर्न स्टार डेनियल्सलाई ५३ लाख रुपैयाँ तिनुपर्ने

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  १२ : ४९


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोर्न स्टार स्टोर्मी डेनियल्सलाई झन्डै ५३ लाख रुपैयाँ तिर्नुपर्ने भएको छ ।

क्यालिफोर्नियाको एक अदालतले जारी गरेको आदेशानुसार ट्रम्पले पोर्न स्टार डेनियल्सलाई ४४ हजार १ सय अमेरिकी डलर (नेपाली रुपैयाँ ५२ लाख ७७ हजार बढी) तिर्नुपर्ने देखिएको हो ।

डेनियल्सले ट्रम्पसँग आफ्नो अफेयर रहेको बताउँदै आएकी छन् । ट्रम्पले भने त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

डेनियल्सको वास्तविक नााम स्टेफानी क्लिफोर्ड हो । उनले सन् २००६ देखि २००७ सम्म ट्रम्पसँग अफेयर्स राखेको बताउँदै आएकी छन् ।

ट्रम्पसँगको सम्बन्ध तोडिएपछि उनले ट्रम्पका वकिल माइकल कोहेनसँग १ लाख ३० हजार अमेरिकी डलर बराबरको ननडिस्क्लोजर अग्रिमेन्ट (कुरा नखोल्ने सम्झौता)मा हस्ताक्षर गरेकी थिइन् ।

तर, पछि उनले उक्त सम्झौताबाट आफूलाई मुक्ति चाहिएको भन्दै ट्रम्पविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।

अदालतमा मुद्दा दायर भएपछि ट्रम्पका वकिकले डेनियल्ससँग बाहिर छुट्टै सहमति गरेका थिए । उक्त सहमतिमा ननडिस्क्लोजर अग्रिमेन्ट पालना गर्नका लागि दवाव नदिने विषय समावेश थियो ।

अदालत बाहिरै गरिएको उक्त सहमतिअनुसार डेनियल्सले अदालतमा दायर गरेको मुद्दा पछि खारेज भएको थियो ।

तर, क्यालिफोर्निया सुपेरियर कोर्टका न्यायाधीशले भने डेनियल्सले मुद्दा लड्दा खर्च भएको ४४ हजार १ सय डलरको भर्पाइ ट्रम्पले दिनुपर्ने आदेश जारी गरेका छन् ।

अदालतको आदेशानुसार अब ट्रम्पले डेनियल्सलाई ४४ हजार १ सय अमेरिकी डलर तिर्नुपर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्