काठमाडौं । निर्माता, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाको आज जन्मिदिन । जन्मदिनको अवसर पारेर निरौलाले सामाजिक सञ्जाल फेसबुक लाइभ गरेकी थिइन् ।
केही सयम अघि एक अन्तर्वार्ताका क्रममा राजेश हमाल महानायक नभएको बताएसँगै विवादमा तानिएकी निरौला लाइभमा आएकी हुन् ।
उक्त अन्तर्वार्तापछि निकै विवादमा तानिएकी निरौला लाइभका क्रममा निकै भावुक बनेकी छिन् ।
लाइभमा आफ्ना कुरा राख्दा राख्दै रोएकी दिपाले आफूले सिनियर कलाकार राजेश हमालबारे गरेको टिप्पणी गलत भएको बताएकी छिन् ।
उक्त अभिव्यक्तिपछि विवादमा तानिएकी दिपाले समस्याबाट भाग्नुभन्दा व्यवस्थापन गर्नु ठूलो कुरा भएको बताएकी छिन् ।
फेसबुक लाइभमा यसो भनिन् दीपाले
त्यो कुरा नगर्दा पनि हुन्छ होला अब । तर, समस्याबाट भाग्नु भन्दा व्यवस्थापन गर्नु ठूलो कुरा हो ।
२९/३० वर्षको यात्राको आधा समय पीडादायी भयो । तितो सत्य प्रदर्शन भएपछि दर्शकको माया पाएँ ।
तितो सत्यको ६ सय भाग केही चलचित्र, छक्कापञ्जाको केही भागपछि पछाडी फर्कनु परेको छैन । यसले गर्दा यति माया र सफलता दिनुभयो त्यसका लागि दर्शकलाई अभार व्यक्त गर्न चाहन्छु र उहाँहरुप्रति नतमस्तक छु ।
कलाकारीता र फिल्मी क्षेत्रको काममा सफलता पाएँ तर व्यक्तित्व विकासमा मेरो केही कमजोरी रहेछ ।
मिडियामा कसरी फेस गर्ने र चलाखी पूर्वक कसरी उत्तर दिने् भन्नेमा मेरो कमजोरी रहेछ ।
यो घटनाले मलाई शिक्षा दियो । कमी कमजोरी यो घटना गर्दा झन् स्पष्ट बनायो ।
त्यो अन्तर्वार्तामा मैले तीनवटा गल्ती गरें ।
पहिलो, प्रकाश दाई(अन्तर्वार्ताकार प्रकाश सुवेदी) ले फोन गर्नुभयो । मैले दिपकजीलाई अन्तर्वार्ताका लागि प्रकाश दाईले बोलाउनु भएको छ भने ।
दिपक जीले घरमा यति धेरै विवाहको तयारी छ तिमीले तयारी पनि गरेको छैन नजाउ भन्नु भएको थियो तर मैले दिपकजीले भनेको नमाने रै गएँ ।
टिकालाको दाइले बोलाएको भन्दा तयारी नगरी गएँ मेरो पहिलो गल्ती ।
दोस्रो गल्ती, मलाई यस्ता प्रश्नहरु सोधिए, घोचिला, पेचिला प्रश्ने गर्दा आवेगलाई कन्ट्रोल गर्न सकिन । बडी ल्यावेजमा समस्या आयो ।
प्रमुख एवं तेस्रो गल्ती, मिडियामा कुटनीतिक चलाखी गर्न सकिन।
सिनियर कलाकारमाथि टिप्प्णी गरें त्यो मेरो ठूलो गल्ती भयो ।
अन्तर्वार्ता प्रशारण भयो । त्यसपछि दिपकजीले तिमीले अन्तर्वार्ता राम्रो दिएनौं शव्द चयन भएन भन्नु भयो ।
म आत्तिएँ । त्यसपछि युट्युव हेरें ।
युट्युवमा कमेन्ट नराम्रो आएको थियो म आत्तिए ।
शव्द चयनमा म चुकें । मैले प्रकाश दाइलाई अन्तर्वार्तामा म चुकें । के गर्न मिल्छ भने ।
उहाँले कलाकारलाई गाली र ताली आउँछ नआत्तिउ भन्नु भयो । मैले उहाँलाई मेरो इन्टेनशन त्यस्तो थिएन भनें ।
म प्रकाश दाईलाई दोष दिन्न ।
मेरै गल्ती थियो ।
(रुदैं)
मलाई यतिधेरै गाली गलौज आयो ।
सफतालासँग सँगै यो गाली हाम्रो भाग्यमा टासिएर आएको थियो ।
फिल्मको गीत रिलिज हुँदा गाली नै आउथ्यो । सहँदै आएका थियौंं । गाली हामीलाई बानी नै परेको थियो ।
दिपकजीले राजेश दाइको बारेमा राम्रो अभिव्यिक्त दिइनन् भनेर भनिरहँदा उहाँलाई पनि गाली गरियो ।
मेरो टिमलाई समेत आक्रमण गरियो ।
मेरो कारणले टिममा नै संकट आउन पुग्यो मलाई एकदमै आत्मग्लानी भयो ।
माया साथ र हौसलाले गर्दा म फेरि उठे ।
आज मेरो जन्मदिन यो जन्मदिनमा केही प्रण गर्न चाहन्छु ।
अबदेखि कहिले पनि यस्तो गल्ती दोहोर्याउन
व्यक्तित्व विकासमा समय खर्चिन्छु
दर्शका लागि राम्रो फिल्म बनाउँछु
राजेश दाइको फ्यानहरु र मेरा फ्यानहरु भन्ने हुँदैन । सबै कलाकारको फ्यानहरु सबै कलाकारको फ्यान हुन् ।
मेरो अभिव्यक्तिले यहाँहरुको मन दुखेको छ भने आफ्नै दिदीवहिनी सम्झेर माफी दिनु होला ।