काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ३० लाख नाघेको छ । पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमित देखिएसँगै भारतमा हालसम्म संक्रमितको संख्या ३० लाख ४३ हजार ४ सय ३६ पुगेको हो ।
भारतमा पछिल्लो २४ घन्टामा मात्रै ७० हजार ६८ जना संक्रमित देखिएका छन् । जुन अहिलेसम्म एकैदिनमा देखिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।
त्यस्तै भारतमा पछिल्लो २४ घन्टामा ९ सय १८ जनाको मृत्यु भएको छ, त्यससँगै हालसम्म भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६ हजार ८ सय ४६ पुगेको छ ।
हालसम्म भारतमा २२ लाख ७९ हजार ९ सय जना उपचारपछि निको भएका छन् ।