कोरोनाबाट वाग्मती प्रदेशमा हालसम्म २९ जनाको मृत्यु

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ७ : ०३


काठमाडौं । विश्वव्यापीरूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण वाग्मती प्रदेशमा हालसम्म २९ जनाको मृत्यु भइसकेको छ ।

मकवानपुरको हेटौँडामा पनि एक महिला र दुई पुुुरुषसहित तीन जनाको उक्त सङ्क्रमणबाट मृत्युु भइसकेको बताइएको छ। मकवानपुरमा हालसम्म सङ्क्रमितको सङ्ख्या २६० पुगेको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार वाग्मती प्रदेशमा हालसम्म चार हजार ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखापरेको छ।

प्रदेशमा ७३४ जना कोरोना सङ्क्रमित उपचारपश्चात् घर फर्केका छन्। सङ्क्रमितमध्ये धेरैको आइसोलेसनमा उपचार भइरहेको छ । मन्त्रालयबाट प्राप्त जानकारीअनुुसार कोरोना सङ्क्रमण जनस्तरमा फैलिन थालेपछि प्रदेश सरकारले कोरोना जाँच गर्ने दायरा बढाएको छ। प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी काठमाडौँमा सङ्क्रमित फेला परेकाले कडाइ गरिएको छ।

यसैबीच कोरोना सङ्क्रमण नियन्त्रणका लागि हेटौँडामा जारी गरिएको निषेधाज्ञामा कडाइ गरिएको छ । निषेधाज्ञाका कारण हेटौँडालगायत आसपास बजार पूर्ण रुपमा बन्द रहेको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले कोरोना जनसमुदायमा फैलिन थालेपछि यही भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताउनुभयो।

खोलाले बगाएर मृत्यु

मकवानपरमा सामरीखोलाले बगाएर ५७ वर्षीय व्यक्तिको आज मृत्य भएको छ। इलाका प्रहरी कार्यालय मकवानपरगढीका अनुसार मकवानपुरगढी गाउँपालिका वडा नं ३ का ५७ वर्षीय लालबहादुर सुनारको आज खोलाले बगाएर मृत्य भएको जानकारी प्राप्त भएको छ। मकवानपरगढीको डुम्रेकुनामा दूध पुर्याएर फर्किन लागेका सुनारलाई खोलाले बगाएको थियो । शव परीक्षणका लागि हेटौंडा अस्पताल पठाइएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्