आइसोलेसन वार्ड तोडफोड गरेको आरोपमा क्याम्पस प्रमुख पक्राउ

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ६ : १८


काठमाडौं । संखुवासभाको खाँदवारी नगरपालिका वडा ७ मा रहेको हिमालय किरण पब्लिक क्याम्पसमा राखिएको आइसोलेसन वार्ड तोडफोड गरेको आरोपमा सोही क्याम्पसका प्रमुख मात्रिकाप्रसाद तिम्सिना पक्राउ परेका छन्।

कोरोनाका बिरामी राख्ने आइसोलोशन सेन्टर तोडफोड गरेर रू १५ लाख क्षति पुर्याएको आरोपमा जिल्ला अदालतको आदेशमा क्याम्पस प्रमुख डा.मात्रिका तिमिल्सिनालाई पक्राउ गरिएको संखुवासभा प्रहरीले जनाएको छ।

तोडफोड हुनुमा क्याम्पस प्रमुखको चलखेल हुनसक्ने भन्दै अनुसन्धानका लागि तिम्सिनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न अन्यको पनि खोजि भइरहेको राईको भनाइ छ ।

धर्मदेवीनगरपालिका–४ पिलुवा खोलामा बनाइएको क्वारेन्टिनमा रहेका धर्मदेवीनगरपालिका–४ का ३४ वर्षीय पुरुष, चैनपुर नगरपालिका–११ का २४ वर्षीय पुरुष र अर्को २२ वर्षीय एक पुरुषमा सोमबार कोरोना पोजिटिभ देखिएको थियो।

उनीहरुलाई बिहीबार क्याम्पसमा निमार्ण गरिएको आइसोलेसनमा ल्याउने भएपछि स्थानीयले विरोध गर्दै आएका थिए। सोही क्रममा आइसोलेसन वार्ड तोडफोड भएको थियो।

क्याम्पसको आइसोलेसनमा तोडफोड गरिए पनि सोही ठाउँमा पुनः मर्मत गरेर कोरोना संक्रमितहरुको उपचार भइरहेको खाँदबारी अस्पतालले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्