नेकपा कार्यदलले बुझायो प्रतिवेदन

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ५ : १५


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि गठन भएको कार्यदलले अध्यक्षद्धयलाई प्रतिवेदन बुझाएको छ।

कार्यदलले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रतिवेदन बुझाएको प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले जानकारी दिए।

नेकपा विवाद समाधानका लागि प्रस्ताव तयार पार्न ८ दिनअघि कार्यदल गठन भएको थियो।

पार्टी महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलमा स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे,भीम रावल,पम्फा भुसाल,जनार्दन शर्मा र शंकर पोखरेल छन्।

कार्यदलले प्रतिवेदन सर्वसम्मतिले तयार परेर बुझाएको थापाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्