दलदलमा फसेर गैंडा मर्यो

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ५ : ०९


चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै राप्ती नदी छेउको घोलको दलदलमा फसेर एउटा गैंडा मरेको छ ।

राप्तीको जोतुवा घाट नजिकै राप्तीदुन सामुदायीक वनको घोलको दलदलमा फसेर आज एउटा गैंडा मृत अबस्थामा फेला परेको हो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालका अनुसार अन्दाजी ७ वर्षको पोथी गैंडा मृत अबस्थामा फेला परेको हो।

चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेको यो दोस्रो गैंडा हो।

यसअघि राप्ती नदीमा नै एउटा गैंडा मृत अबस्थामा फेला परेको थियो । गत आर्थिक वर्षमा निकुञ्ज क्षेत्रमा २६ गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जले जनाएको छ।

ईनारमा डुबेर वृद्धको मृत्यु

पश्चिम चितवनमा ईनारमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका—२७ का ८७ वर्षीय डिल्लीराम आचार्य रहेको इलाका प्रहरी कार्यालय दिव्यनगरले जनाएको छ।

कार्यालयका अनुसार आचार्य घर छेउमा रहेको ईनारमा आज दिउँसो २ः३० वजे डुवेको अवस्थामा भेटिएको थियो।-रासस


प्रतिक्रिया दिनुहोस्