बुहारी प्रेमीसँग भागेपछि जिब्रो काटेर भगवानलाई चढाइन् सासुले

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ४ : ५२


आफ्नी बुहारी घरबाट बच्चा समेत लगेर प्रेमीसँग भागेपछि एउटा सासुले आफ्नो जिब्रो नै काटेर भगवानलाई चढाएकी छन् ।

घटना भने भारत हो । भारतीय राज्य झारखंडको जमशेदपुरमा एक सासुले आफ्नी बुहारी भागेपछि उनी फर्केर आउने विश्वासमा आफ्नो जिब्रो काटेर भगवानलाई चढाएकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त गाउँमा पहिलेदेखि नै एउटा यस्तो चलन छ कि, जब कोही व्यक्ति घरबाटा भागेर गएमा घरका सदस्यमध्ये कसैले जिब्रो काटेर भगवानलाई चढाउँदा भागेको व्यक्ति फिर्ता आउँछ ।

त्यसैले ती महिलाले पनि आफ्नी बुहारी फिर्ता आउने विश्वासमा आफ्नो जिब्रो काटेर भगवान शिवको तस्वीर अगाडि चढाएकी हुन् ।

बुहारी भागेपछि जिब्रो काटेकी सासुलाई अहिले स्थानीय अस्पतालमा भर्ना गरिएको छ । उनको अहिले उपचार जारी रहेको जनाइएको छ ।

अस्पतालमा भर्ना भएकी महिलाका पतिका अनुसार उनकी बुहारी बिहान सौच गर्न भनेर घरबाट निस्किएकी थिइन् । तर, धेरै बेरसम्म पनि नआउँदा खोजी गर्दा उनी त आफ्ना प्रेमीसँग भागेको खुलेको हो ।

प्रेमीसँग भागेकी महिलाले डेढ वर्षकी छोरी समेत लिएर गएकी जनाइएको छ ।


तस्वीर– जिब्रो काटेर भगवानलाई चढाउने महिला । सौजन्य– नवभारत टाईम्स


प्रतिक्रिया दिनुहोस्