काठमाडौंमा १६० सहित उपत्यकामा थपिए २१६ संक्रमित

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ४ : २९


काठमाडौं । आज काठमाडौँमा मात्रै १६० जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा पछिल्लो २४ घन्टामा उपत्यकामा २१६ जना नयाँ संक्रमित फेला परेको जनाउको छ।

प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा मात्रै पछिल्लो २४ घन्टामा १६० नयाँ संक्रमित भेटिएका छन्।

त्यस्तै, भक्तपुरमा गत २४ घन्टामा ५० जना नयाँ संक्रमित भेटिएको र ललितपुरमा ६ जना नयाँ संक्रमित भेटिएको जानकारी पनि डा.गौतमले दिएका छन्।

उनीहरु कुन ठाँउका हुन भन्नेबारे मन्त्रालयले विस्तृत रुपमा खुलाएको छैन।

पछिल्लो २४ घण्टामा देशभर थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ३१११७ पुगेको छ।

नेपालमा आज थप १३६ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८३५० पुगेको छ।


प्रतिक्रिया दिनुहोस्