देशभर थप ६३४ जनामा संक्रमण पुष्टि

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ४ : २५


काठमाडौं । नेपालमा कोरोना संक्रमणका घटना निरन्तर उकालो लागिरहेको छ।

यसैक्रममा आज (शनिवार) देशभर ६ सय ३४ जना नयाँ कोरोना सक्रमित थपिएको छन्।

आज देशभर नयाँ संक्रमित थपिए सँगै कुल संक्रमित संख्या ३१ हजार नाघेको छ।

देशका विभिन्न अस्पताल र प्रदेशहरुबाट प्राप्त विवरण अनुसार सयौको सख्यामा आज संक्रमित थपिएका हुन।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार १ सय १७ पुगेको छ।

आज काठमाडौंमा मात्रै १६० संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २१६ जनामा कोरोना पुष्टि भएको हो।

उनका अनुसार काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना कोरोना संक्रमित देखिएका छन्।

नेपालमा कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या १४६ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्