काठमाडौं । राप्रपा अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापा राजनीति बाहेक खेलकुद, साहित्य, गीत संगित क्षेत्रमा पनि सक्रिय छन।
थापाले केही गीतको रचना गरिसकेका छन् भने बेलाबेला खेलकुदमा सहभागी भएर मेडल समेत जित्ने गरेका छन्।
थापाले पछिल्लो समय तीजमा डान्स समेत गरेका छन्।
हरितालिका तीजको अवसरमा आयोजित पारिवारिक रमाईलो क्षणमा उनले आफ्नी पत्नीसँगै नृत्य गरेका छन्।
‘छक्का पञ्जा’ फिल्मको धेरै रुचाईएको गीत ‘पूर्व-पश्चिम रेल’ बोलको गीतमा थापाले नृत्य गरेका हुन्।
उक्त गीत चर्चित गायक राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वर छ। यस्तो छ थापाको नृत्य