काठमाडौं । जर्मन चान्सलर एन्जेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याँक्रोले भेटघाटका बेला ‘नमस्कार’ गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
कोरोना भाइरस महामारीका बीच पछिल्लो समय विश्वका धेरै नेताले हात मिलाउनुको सट्टा ‘नमस्कार’ गर्ने गरेका छन्। नमस्कार पूर्वीय संस्कृती हो। हात मिलाउँदा कोरोनाको जोखिँम हुने हुँदा अहिले धेरैले नमस्कार संस्कृती अँगालेका हुन।
पेरिसमा पुगेकी चान्सलर मर्केल र राष्ट्रपति म्याँक्रोले नमस्तेबाटै अभिवादन गरेका छन्। यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।
साथै मर्केलले म्याँक्रोकी श्रीमतीलाई पनि नमस्कार भनेर अभिवादन गरेकी छन्।
Willkommen im Fort de Brégançon, liebe Angela! pic.twitter.com/lv8yKm6wWV
— Emmanuel Macron (@EmmanuelMacron) August 20, 2020
यस्तै र कुहिनो मिलाउँने फेसन पनि बढ्दो छ। चीन पुगेका पाकिस्तानी विदेशमन्त्री र चिनियाँ विदेशमन्त्रीले कुहिँनो जोडेर अभिवादन गरेका छन्।
#China #Pakistan old brothers met again. And have some talks~ ✌️????@SMQureshiPTI pic.twitter.com/gHdHosEEOz
— Shen Shiwei沈诗伟 (@shen_shiwei) August 21, 2020