नीम कोरोना विरुद्ध कति प्रभावकारी हुन्छ भन्नेबारे अनुसन्धान हुँदै

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  १ : ४३


काठमाडौं । नीम कोरोना विरुद्धको औषधीका लागि कति प्रभावकारी हुन्छ भन्नेबारे भारतमा अनुसन्धान सुरु भएको छ।

अल इन्डिया इस्टीच्युट अफ आयुर्वेद र निसर्ग हर्ब्स कम्पनीले यसबारे परीक्षण थालेका छन्।

अगस्ट ७ बाट विभिन्न अस्पतालमा अनुसन्धान सुरु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

सोधकर्ताको टोलीले २५० भन्दा बढि मानिसमा यो रिसर्च गर्ने छन्। रिसर्चमा सहभागी हुने स्वयमंसेवकलाई नीमको क्याप्सुल दिइने छ।

कोरोना भाइरसको संक्रमण रोक्नको लागि निमको औषधी कति प्रभावकारी हुन्छ भन्ने कुरा यस अनुसन्धानबाट थाहा हुने छ।

भारत लखनऊको किंग जर्ज मेडिकल कलेजमा भएको अनुसन्धानले बेसार, नीम र तुलसीले कोरोना भाइरस संक्रमण रोक्न मद्दत पुर्‍याउँछन् देखाएको छ।

प्राकृतिक जडिबुटीहरूले शरीरको प्रतिरोधी क्षमता बढाउन काम गर्नुका साथै संक्रमणको जोखिमलाई कम गर्ने चिकित्सकहरुले बताएका छन्।-एजेन्सी


प्रतिक्रिया दिनुहोस्