किराना पसल गइरहेका बालकमाथि अमेरिकामा गोली प्रहार

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  १ : २५


वासिंटन । अमेरिकाको राजधानी वासिंटन डिसीमा आमासँगै सामान किन्न किराना पसल गइरहेका एक ५ बर्षीय बालकमाथि गोली प्रहार भएको छ।

शुक्रबार ती बालकमाथी दिउसो गोली प्रहार भएको हो ।

करिव ४: २० बजे डिसीको दक्षिणपूर्व स्थित १३०० भवन समूह स्थित कंग्रेस गल्लीमा लुटपाट गर्ने क्रममा उक्त बालकलाई गोली लागेको हो।

उक्त समयमा दुई जना पीडितहरु भाग्ने क्रममा एक बन्दुकधारीले हाते बन्दुक कैयौ पटक हानेका थिए।

उक्त बालकको पेटमा गोली लागेको थियो।

प्रहरीका अनुसार बालकको स्थिती स्थिर रहेको छ।

प्रहरीका अनुसार गोली प्रहार गर्नेमा २० बर्षका २-३ जना रहेका छन्। उनीहरुको खोजी भइरहेको छ। अमेरिकामा बेलाबेला गोली प्रहारका घटना भइरहेका हुन्छन्।


प्रतिक्रिया दिनुहोस्