लिदी पहिरो: मृतकको संख्या ३२ पुग्यो, ७ जना अझै बेपत्ता

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  १२ : १६


चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।

शनिबार ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएपछि मृतकको सङ्ख्या ३२ पुगेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

पहिरामा बेपत्ता अन्यको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा खोजी भइरहेकोे प्रहरीले जनाएको छ । पहिरामा ३७ घर क्षति भएका र ३९ जना बेपत्ता भएका थिए । अहिलेसम्म ३२ जनाको शव फेला परेकोमा ७ जना भने अझै बेपत्ता छन् ।


प्रतिक्रिया दिनुहोस्