कारोना संक्रमणबाट थप ४ जनाको मृत्यु

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  १२ : ०८


काठमाडौं । पर्साको वीरगन्ज, चितवनको भरतपुर र सिरहामा गरी थप ४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

पर्साको वीरगन्जमा शुक्रबार राति र शनिबार बिहान गरी २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कोभिड विशेष अस्पताल तोकिएको वीरगन्ज हेल्थ केयरमा उपचाररत २ जना संक्रमितको मृत्यु भएको हो ।

शुक्रबार राति मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२६ का ८८ वर्षीय पुरुष छन् । उनी शुक्रबार नै अस्पताल भर्ना भएका अस्पतालको सूचना अधिकाराी भूमिका अधिकारीले जानकारी दिइन् । उनी मिर्गौैलाका बिरामी थिए ।

यस्तै, शनिबार बिहान मृत्यु हुनेमा बहादुरमाई नगरपालिका–५ का ६१ वर्षीय पुरुष छन् । दम तथा प्रेसरका बिरामी रहेका उनी भदौ ४ गते अस्पताल भर्ना भएका ािथए ।

यस्तै, चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा हेटौंका ७१ वर्षीय बृद्धमा मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको छ । भदौ ३ गते स्वाशप्रस्वाशमा समस्या देखिएपछि भर्ना भएका बृद्धको बिहीबार राति उपचारका क्रममा मृत्यु भएको थियो ।

उपचारका लागि अस्पताल आएकै बेला स्वाब संकलन गरी परीक्षणका लागि चितवन मेडिकल कलेजको ल्याबमा पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको थियो ।
भदौ ३ गते मृत्यु भएका सिरहाको मिर्चैया नगरपालिका–४ का ६८ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

भदौ २ गते गाउँमै स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशालामा पठाइएकोमा रिपोर्ट नआउँदै भदौ ३ गते उनको मृत्यु भएको थियो ।

मृत्यु पछि आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।


तस्वीर– प्रतिकात्मक


प्रतिक्रिया दिनुहोस्