अवरुद्ध नारायणगढ- मुग्लिन सडकखण्ड सुचारु

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  १० : ५९


चितवन । गए राति करिब १ बजेको समयमा सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सडकखण्डको चार किलोमा झरेको पहिरो अहिले पन्छाएर सडक सञ्चालनमा आएको छ ।


प्रतिक्रिया दिनुहोस्