दाहसंस्कारपछि कोरोना पुष्टि, १५० जना भन्दा बढि मानिस मलामी गएका थिए

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  १० : २०


सिरहा । सिरहाको मिर्चैयामा बुधबार मृत्यु भएका एकजना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सिंगो गाउँमै संत्रास छाएको छ । मिर्चैया नगरपालिका–४ कुथनमाका का ६८ वर्षीय मृतकको पीसीआर रिपोर्ट शुक्रबार पोजेटिभ आएको हो ।

रुघाखोकी र ज्वरोबाट शिकिस्त उनी गाउँमा हिँडडुल गर्दागर्दै बुधबार बेहोस भएर ढलेका थिए । उनी लामो समयदेखि दीर्घ रोगी समेत रहेकोखुलेको छ । कोरोना आशंकामा ती पुरुषको थ्रोट स्वाब लिइएको थियो । तर,उनको रिपोर्ट आउनु पूर्व गाउँलेहरुले दाहसंस्कार गरेका थिए ।

दाहसंस्कारपछि बेलुकी मृतकको रिपोर्ट पोजेटिभ देखिएपछि सिंगो गाउँमै आतंक छाएको छ । दाहसंस्कार गर्ने ठाउँमा १५० जना भन्दा बढि मानिस सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस्