अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने उपत्यकाका मेयरहरूको निर्णय

प्रकाशित मिति : श्रावण २६, २०७७ सोमबार


काठमाडौं । उपत्यकाका ३ वटै स्थानीय सरकार प्रमुखहरुले कोरोना महामारी नियन्त्रणका लागि सार्वजनिक यातायात सञ्चालनमा केही समयका लागि रोक लगाउन माग गरेका छन्।

सोमबार काठमाडौं उपत्यका भित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सरकारलाई १५ दिनका लागि सार्वजनिक यातयात सञ्चालनमा रोक लगाउन र अन्यमा जोर विजोर प्रणाली लागू गर्न माग गरेको छ।

यस्तै मेयरहरुले तीन हप्ताका लागि अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय पनि गरेका छन्।

समुदायस्तरमा संक्रमणको उच्च जोखिम देखिएकोले भिडभाड कम गर्न अत्यावस्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय मेयरहरुले बताएका छन्।

यस्तै, सामाजिक सुरक्षा भत्ता प्रायोजनको लागि नवीकरण गर्ने म्याद साउन मसान्त सम्म रहेकोमा असोज मसान्त सम्म कायम गर्न सरकारलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।

उपत्यकामा अत्यन्त घनाबस्ती रहेकाले कोरोना संक्रमण समुदाय स्तरमा पुग्ने खतरा रहेको भन्दै उपत्यका प्रवेश गर्ने प्रस्थान विन्दूहरुमा अत्यन्त कडाई गर्न सरकारलाईअ अनुरोध गर्ने निर्णय समेत फोरमले गरेको छ।

यस्तै क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार रहने गरी एकीकृत क्वारेन्टाइन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्नेगरी तयारी गर्न सरकारलाई अनुरोध गर्ने निर्णय पनि मेयरहरुले गरेका छन्।

यसअघि केन्द्र सरकारले १० असारदेखि लकडाउन खुकुलो गरेको थियो भने ७ साउनदेखि लकडाउन खुला गरेको थियो । तर, उपत्यकामा संक्रमण बढेपछि काठमाडौं, ललितपुर र भक्तपुरका नगरप्रमुखहरू रहने मेयर फोरमले यस्तो निर्णय लिएको हो । यस विषयमा गृह मन्त्रालयले भने आधिकारिक धारणा दिएको छैन ।


प्रतिक्रिया दिनुहोस्