गोंगबुमा सुटकेसमा भेटिएको टाउको विनाको शवको पहिचान खुल्यो

प्रकाशित मिति : श्रावण २६, २०७७ सोमबार


काठमाडौं । काठमाडौंको गोंगबुमा टाउको र जिउ छुट्टा छुट्टै सुटकेशमा फेला परेको शवको पहिचान भएको छ ।

एक उच्च प्रहरी अधिकारीका अनुसार ती पुरुष रोल्पाका कृष्णबहादुर बोहोरा भएको खुलेको हो ।

“शवको सनाखत भएको छ। बाँकी अनुसन्धान जारी छ। अहिले विस्तृतमा भन्न सकिने अवस्था छैन। छिटै निष्कर्षमा पुग्छौं” उनले भने ।

उनी नयाँ बजार क्षेत्रको एक उद्योगमा काम गर्ने प्रहरी स्रोतले बतायो ।

आइतबार गोंगबुस्थित गणेशस्थान नजिक छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र झोलामा टाउको फेला परेको थियो ।

स्थानीयले सुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले सुटकेश खोलेर हेर्दा टाउको नभएको शव फेला परेको थियो ।

घटनास्थलमा लगिएको तालिमप्राप्त कुकुरले जेब्रे झोलामा केही पर टाउको फेला पारेको थियो ।

यो पनि पढ्नुहोस्

सुटकेश भेटिएको स्थान नजिकैको घरबाट ल्याइएको थियो टाउको नभएको शव !


प्रतिक्रिया दिनुहोस्