भारतका कृषिमन्त्रीलाई पनि कोरोना संक्रमण

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ५ : ०४


काठमाडौं । भारतीय एक अर्का मन्त्रीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

सत्ताधारी दल भाजपाका नेता एवं केन्द्रीय कृषि एवं किसान कल्याण राज्यमन्त्री कैलाश चौधरीमा कोरोना पोजेटिभ पाइएको हो।

चौधरीले आफै सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन्।

कोरोना संक्रमण पाइएपछि चिकित्सकको सल्लाह बमोजिम उनी अस्पताल भर्ना भएका छन्।

भारतमा लगातार कोरोना भाइरसका संक्रमण बढ्दै गएको छ। यसअघि गृहमन्त्री अमित शाहमा पनि कोरोनाको संक्रमण पाइएको छ। शाह हाल अस्पतालमा उपचाररत छन्।


प्रतिक्रिया दिनुहोस्