उपत्यकामा थप ६२ जनामा संक्रमण पुष्टि

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ४ : ३८


काठमाडौं । शनिवार काठमाडौं उपत्यकामा कोरोना संक्रमणका थप ६२ जना बिरामी थपिएका छन्।

स्वास्थ्य मन्त्रालयले उपत्यकाका विभिन्न प्रयोगशालामा गरेका परीक्षणमा भक्तपुरका३, काठमाडौंका ५६ र ललितपुरका ३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ४, पाटन अस्पताल प्रयोगशालामा काठमाडौंका ५ र ललितपुरका ३ , वीर अस्पतालको प्रयोगशालामा काठमाडौंका १ जना , शिक्षण अस्पताल काठमाडौंका १ जना, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका २९ जना, स्टार अस्पताल सानेपामा काठमाडौंका १२ जना, बिध ल्याब काठमाडौंमा काठमाडौंका २ जना, नेपाल कोरियामैत्री अस्पतालमा भक्तपुरका ३ र काठमाडौंका २ जनाको नतिजा पोजेटिभ आएको छ।

पछिल्लो २४ घण्टामा देशभर ३७८ नयाँ संक्रमित थपिएका छन्।

यो सहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २२५९२ पुगेकोछ।

थप ३ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएसँगै मृतकको संख्या ७३ पुगेकोछ।

कुल संक्रमित मध्ये शनिवबार थप ४९९ संक्रमित निको भएर घर फर्केका छन्।


प्रतिक्रिया दिनुहोस्