आज देशभर थपिए ३७८ कोरोनाका संक्रमित

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ४ : २२


काठमाडौं । नेपालमा आज थप ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत आज नयाँ संक्रमित थपिएको जानकारी दिए।

यो सँगै देशभर कोरोना संक्रमित हुनेको कुलसंख्या २२५९२ पुगेको छ।

संक्रमितमध्ये १६ हजार ३१३ जना निको भएर डिस्चार्ज भएका छन्। प्रवक्ता गौतमका अनुसार शनिबारमात्रै ४९९ जना निको भएर डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

यो सँगै देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्