आज पनि ठूलो संख्यामा थपिए संक्रमित

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १ : ५१


काठमाडौं । काठमाडौं उपत्यका लगायतका देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन्।

शनिबार गण्डकी प्रदेशमा २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

यो सँगै गण्डकीमा संक्रमितको कुल सङ्ख्या १६ सय ११ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माले विज्ञप्ति मार्फत जनाएका छन्।

शनिवार बागलुङमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, आज वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालाको गरिएको परीक्षणमा पर्साका मेयरसहित थप ५५ जनाका संक्रमण पाजेटिभ पाइएको छ।

शनिवार उपत्यका लगायत देशका अन्य स्थानमा पनि ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन्। यसबारे स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिने छ।

लकडाउन खोलिएपछि पछिल्लो समय देशभर संक्रमितको संख्यामा वृद्धि आएको हो।

कोरोना रोकथामका लागि सरकारले अहिले पूर्ण लकडाउनमा नजाने बताएपनि अघोषित रुपमा लकडाउन गरिएको छ।

लकडाउनलाई पछिल्लो समय सरकारले ‘निषेधाज्ञा’, ‘सटडाउन’ जस्ता नाम दिएको छ।

कोरोना संक्रमित देखिएका ठाँउमा अवस्था हेरेर निर्णय लिन स्थानीय प्रशासनलाई अधिकार दिइएको छ।


प्रतिक्रिया दिनुहोस्