कपडाले बेरेर झाडीमा फालेको अवस्थामा नवजात शिशुको पेप्सिकोलाबाट जीवितै उद्दार

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १ : ००


काठमाडौं । राजधानीको कागेश्वरी मनोहरा नगरपालिका स्थित पेप्सिकोलामा नवजात शिशु जिवित अवस्थामा भेटिएको छ । जन्मिएको केही समयमै कपडाले बेरेर झाडीमा फालेको अवस्थामा फेला परेको शिशुलाई प्रहरीले जिवितै प्रहरीले उद्दार गरी पेप्सीकोलामा रहेको मदरल्याण्ड अस्पताल पठाएको बताइएकाे छ ।

मदरल्याण्ड अस्पताल पछाडिको झाडीबाट बच्चालाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ । प्रहरीले सिन्धुपाल्चोकको सिपापोखरी घर भएकी १७ बर्षीया किशोरीलाई बच्चा जन्माएर वेवारिसे अवस्थामा झाडीमा फालेको आशंकामा पक्राउ गरेपनि ती किशोरीले प्रहरीसँग ‘बच्चा आफ्नो नभएको’ बयान दिएकाे बताइएकाे छ ।


प्रतिक्रिया दिनुहोस्