हङकङकी प्रमुख लाममाथि अमेरिकाको प्रतिबन्ध

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १० : १३


काठमाडाैं । अमेरिकाले हङकङकी प्रमुख कार्यकारी क्यारी लामसहित अरु १० उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकी राज्यकोष मन्त्री स्टिभन मेनुचनले प्रतिबन्धको घोषणा गर्दै अमेरिका अहिले पनि हङकङका नागरिकको पक्षमा रहेको उल्लेख गरेका छन्।

लाममाथि प्रतिबन्ध लगाउनु केही अघि मात्रै राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले वीच्याट र टिकटक एप्लिकेशनका चिनियाँ मालिकसँग अमेरिकी कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। चीनले हङकङमा नयाँ सुरक्षा कानून लागु गरेसँगै कडा नीति लिएको अमेरिकाले लाम र हङकङ तथा चीनका अरु १० शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको हो।


प्रतिक्रिया दिनुहोस्