हात्तीको दाह्रासहित काठमाडौँबाट ५ जना पक्राउ

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ९ : १८


काठमाडौँ । काठमाडौँको सुकेधाराबाट हात्तीको दाह्रासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार शुक्रबार काठमाडौँ महानगरपालिका- ४ सुकेधारामा हात्तीको दाह्राको खरिद बिक्री हँुदैछ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पाँचथर घर भई काठमाडौँ कपन बस्ने २८ वर्षीय रुद्र लिम्बु, सिन्धुपाल्चोक घर भई सोही ठाउँ बस्ने २५ वर्षीय हरि कार्की र गोरखा घर भई काठमाडौँ सामाखुसी बस्ने २२ वर्षीय सुबोध देवकोटालाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट १० इञ्च लामो हात्तीको दाह्रा बरामद गरिएको छ भने थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्