रुपन्देहीमा कार दुर्घटना, तीन जनाको मृत्यु

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ८ : ५०


बुटवल । रुपन्देहीमा कार अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको छ। परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँएकाे बताइएकाे छ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले रुपन्देहीका अनुसार रोहिणी गाउँपालिका -४ छिपागडस्थित हुलाकी सडकखण्डमा लु २ च ६७५६ नं.को कार नियन्त्रित भई पल्टदा तीन जनाको मृत्यु भएको हाे ।

सडकबाट १० मिटर तल पल्टिँदा कारमा सवार चार जना घाइतेलाई उपचारको लागी भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा तीन जनाको मृत्यु भएको हो । मृत्युहुने तीन जनामध्ये एक जनाको मात्र पहिचान खुलेको छ।

दुर्घटनामा परेर रुपन्देही ओमसतिया गाउँपालिका- ४ बालापुरका २६ को देवेन्द्र चौधरी रहेका छन। अन्य दुई जनाको परिचय खुल्न बाँकी रहेको बताइएकाे छ । घाइते रुपन्देही सिद्धार्थ नगरपालिका- ४ का ३० वर्षीय अनिल यादव रहेका छन्।


प्रतिक्रिया दिनुहोस्