विश्वमा एक करोड २५ लाख ३३ हजार बढी काेराेना संक्रमित निको भए

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ८ : ११


काठमाडौं । विश्वमा कोरोना संक्रमितको तुलनामा निको हुनेको दर पनि निकै बढेको छ । वल्डोमिटरर्सको तथ्यांक अनुसार विश्वमा रहेका एक करोड २५ लाख ३३ हजार ५ सय ३५ संक्रमित उपचारपछि निको भएका छन् ।

सबै भन्दा धेरै संक्रमित अमेरिकाका निको भएका छन् । संक्रमित ५० लाख ९५ हजार ३ सय ६२ जनामध्ये २६ लाख १६ हजार ८ सय ९१ जना संक्रमित उपचारपछि निको भएका छन् । त्यस्तै ब्राजिलका २९ लाख ६७ हजार ६४ जना संक्रमितमध्ये २० लाख ६८ हजार ३ सय ९४ जना संक्रमित उपचारपछि निको भएका छन् ।


प्रतिक्रिया दिनुहोस्