कोरोनाका ६६ गम्भीर बिरामी आईसीयूमा, ३ जनालाई भेन्टिलेटरमा राखियो

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ५ : २७


काठमाडौं । पछिल्लो समय नेपालमा लक्षणसहितका कोरोना बिरामीको संख्या बढेको छ ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता प्राडा. जागेश्वर गौतमले गम्भीर खालका बिरामी बढेपछि आईसीयू र भेन्टिलेटरमा राख्ने अवस्था आएको बताए।

प्रवक्ता गौतमले अहिले कोरोनाको लक्षणसहित ६६ गम्भीर बिरामीलाई आइसीयू र ३ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको बताए ।

उनका अनुसार अहिले २ हजार ६ सय आईसीयू र ९ सय भेन्टिलेर उपलब्ध रहेका छन् । त्यस्तै २५० आईसीयू र भेन्टिलेटर कोरोनाका बिरामीको उपचारका लागि थपिएको र अझै २४० थप्ने तयारी भइरहेको उनले जानकारी दिए ।

पछिल्लो २४ घन्टामा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनका अनुसार आज ७ हजार ९ सय २६ पीसीआर टेस्ट गरिएको छ भने संक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ३० रहेको उनले जानकरी दिए ।

पछिल्लो २४ घन्टामा ४ सय २५ डिस्चार्ज भएका छन् भने अहिलेसम्म १५ हजार ८ सय १४ जना कोरोना निको भएर घर गएका छन् ।


प्रतिक्रिया दिनुहोस्