पहिलो पटक काठमाडौमा एकैदिन १ सय भन्दा धेरैमा देखियो कोरोना

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ५ : १७


काठमाडौं । काठमाडौं उपत्यकामा अहिले सम्मकै धेरै कोरोना संक्रमित पुष्टि भएको छ ।

कोरोना महामारी शुरु भएपछि पहिलो पटक एकै दिन(२४ घन्टामा) काठमाडौमा १ सय जना भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि बुधबार रातिसम्मको तथ्यांक अनुसार १०२ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या काठमाडौं, भक्तपुर र ललितपुरको हो ।

संक्रमितमध्ये काठमाडौंका ९२, ललितपुरका १० र भक्तपुरका ४ जना छन् । उनीहरुको राजधानीका विभिन्न केन्द्रमा गरिएको परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको थियो ।

लकडाउन खुलेपछि काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा संक्रमितको संख्या बढेको प्रवक्ता डा गौतमले जानकारी दिए ।

पहिलो विदेशबाट आउने र उनीहरुको सम्पर्कमा रहेकाहरुमा मात्र कोरोना देखिएकोमा अहिले अरुमा पनि संक्रमण देखिन थालेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्